मिर्मिरे लघुवित्तको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मिर्मिरे लघुवित्तको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीको गत पुस ३० गते १२औँ वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

एक सूचना निकाल्दै कम्पनीले २३ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

सो बोनस सेयर जेठ १ गते सूचीकृत भई जेठ २ गते सेयर अभौतिकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर पठाइएको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा पनि क्रमशः जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

हलसम्म पनि हितग्राही खाता खोल्न बाँकी गत आवहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुले रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् लिमिटेड, लेखनाथमार्ग ठमेल काठमाडौंबाट प्रमाणपत्र संकलन गर्ने र हितग्राही खाता खोली अभौतिकीकरण गराई बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्