सेयर बजारमा सुधार, कारोबार रकममा पनि बढोत्तरी « Arthapath.com
१० असार २०८२, मंगलबार

सेयर बजारमा सुधार, कारोबार रकममा पनि बढोत्तरी



काठमाडौं । साता पहिलो कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारका दिनमा समेत सुधार आएको बजार सोहि निरन्तरता दिएको हो ।

शुक्रबार सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजी बजारका लागि संरचना परिवर्तन गर्ने आवश्वासन दिए पश्चात लगानीकर्तामा आशा पलाएको छ । अथापि लगानीकर्ता भने अझैं अन्यौल अवस्थामा छन् । हरेक बजेटमा लगानीकर्ताले राखेका माग सम्बोधन नहुने परम्पराले लगानीकर्ता अझै विश्वस्त भने हुन सकेका छैन ।

पूँजी बजारमा सुधारका लागि अहिले चौर्तफी चर्चा भए पश्चात लगानीकर्ताका माग सम्बोधन गर्नु पर्ने सरकारलाई बाध्यता जस्तै आइपरेको छ । सरकार नियायको आश्वासनले लगानी केहि हदमा भए पनि आशावादी भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८८ अकंले बढेर १८८३.२० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नौ उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.०५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.६४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको ६ करोड १७ लाख र राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्