शिवम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८८ अकंले बढेर १८८३.२० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको ६ करोड १७ लाख र राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सिको ४ करोड १ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ७० लाख रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ६४ लाख रुपैयाँको कारोबरा भएको छ ।
