सेयर बजारमा झिनो सुधारले पायो निरन्तरता: पर्ख र हेरको अवस्थामा लगानीकर्ता, कारोबार १ अर्ब २७ करोड « Arthapath.com
१० असार २०८२, मंगलबार

सेयर बजारमा झिनो सुधारले पायो निरन्तरता: पर्ख र हेरको अवस्थामा लगानीकर्ता, कारोबार १ अर्ब २७ करोड



काठमाडौं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारले झिनो सुधारलाई निरन्तरता दिएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले सुधार आएको बजारमा यो साताका दुई कारोबारको दिन भने सामान्य सुधार देखिएको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारका लागि संरचनामा सुधार गर्ने बताएका छन् । नीति तथा कार्यक्रममा खासै धेरे कुरा नसमेटिदा लगानीकर्तामा अन्यौल सिर्जना दिएको छ । लगानीकर्ता अझै लगानी गर्ने डराइ रहेको अवस्था छ ।

सधैका बजेट झै लगानीकर्ताका माग सरकार समक्ष आश्वासन मात्र बन्ने कारणले लगानीकर्ता बजेट मार्फत आफ्ना माग सम्बोधन हुने नहुने कुराले अन्यौलमा रहेका छन् । देशको अर्थतन्त्र सुधारमा रहेको ब्याजदर अझै घट्ने भनियता पनि बजेट मार्फत लगानीकर्ताले राखेको माग सम्बोधनको माग लगानीकर्ता रहेको छ ।

सरकार निकायका ब्यक्तिले पनि पूँजी बजारमा सुधारका लागि आवाज उठाउदा केहि हदमा भएपनि लगानीकर्ताल आशावादी भएका हुन् । यता, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्नु, तेस्रो त्रैमासिक सूचकमा देखिएको गिरावटले पनि लगानीकर्ता डराएको देखिन्छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अकंले बढेर १८९१.३१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।

सोमबार ११ उपसूचकमा हरियाली भएको छ । आज बैंकिङ समूहको ०.०२ प्रतिशत र ब्यापार समूहको ०.९९ प्रतिशतले सेयर मूल्य घटेको हो ।

साथै, शिवम सिमेन्टको ७ करोड ३४ लाख र सोल्टी होटलको ६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्