सोमबार शिवम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
१० असार २०८२, मंगलबार

सोमबार शिवम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । सोमबार पनि सेयर बजारमा झिनो सुधारले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अकंले बढेर १८९१.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ७ करोड ३४ लाखको करोबार भएको छ ।

साथै, सोल्टी होटलको ६ करोड १७ लाख रुपैयाँ, ओरियन्टल होटलको ५ करोड ३९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ८३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्