सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, लगानीकर्ता त्रसित बन्दैं « Arthapath.com
९ असार २०८२, सोमबार

सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, लगानीकर्ता त्रसित बन्दैं



काठमाडौं । बजेट यताको दुई दिन सेयर बजारमा राताम्य भएको छ । हिजो ५४ अकंले ओरालो लागेको बजार आज पनि सोहि ओरालो यात्रालाई निरन्तरता दिएको हो ।

लगानीकर्ता अहिले त्रसित बनेका छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ को संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा यसको नकारात्मक धक्का परेको छ । बजेटले यसअघि प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गरेका र मर्जरमा जाँदा कमजोर संस्थालाई सस्तो भाउ दिएर नाफा बढाएका कम्पनीले पुरानो हिसाबमा कर दाखिला गर्नुपर्ने व्यवस्था भएको छ । यसले थुप्र्रै संस्थाको वित्तीय विवरण प्रभावित हुने छ । थोरै नाफा कमाउने र कम लाभांश बाँड्ने कतिपय कम्पनीको लाभांश क्षमता नै शुन्यमा झर्नसक्ने अवस्था देखिएको छ ।

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने माग गरेका छन् । माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । धितोपत्र बोर्डमा समेत लगानीकर्ता आफ्ना गुनासा बोकेर गएका छन् । बजारमा अहिले ओरालो लागि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अकंले घटेर ३८.८३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको १.५४ प्रतिशत, विकास बैंक समूहको २.०४ प्रतिशत, फाइनान्स समूहको २.१८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यस्तै, प्रभु बैंकको प्रोमोटर सेयरको ३४ करोड २८ लाख १६ हजार रुपैयाँ, शिवम सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्