५० वटै ब्रोकर बन्द गर्ने लगानीकर्ताले बनाए टोलि « Arthapath.com
९ असार २०८२, सोमबार

५० वटै ब्रोकर बन्द गर्ने लगानीकर्ताले बनाए टोलि



काठमाडौं । लगानीकर्ताले आइतबार ५० वटै ब्रोकर नम्बरमा टिएमएस बन्द गर्ने भएका छन् ।

लगानीकर्ताका तिलख कोइरालाले ५० वटै ब्रोकर नम्बरमा टिएमएस बन्द गर्नेका लागि टिम तयार पारेको बताएका हुन् । उनले समाजिम संजाल मार्फत भने, “टिएमएस बन्द अभियान सफल पार्न ५० वटै ब्रोकरमा जाने टोली बनेको छ, सहभागी हुन चाहने लगानीकर्ताले फोन नं सहित ईनबक्स म्यासेज गर्नुहोस”

धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम उनीहरुको माग रहेको छ ।

आन्दोलनको पहिलो चरण अन्तर्गत उनीहरु ब्रोकर बन्द गर्ने हिनेका हुन् । उनीहरुले बिहिबार कयौं ब्रोकरमा धम्की शैलिमा बन्द गरेका थिए । उक्त माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गरी रहेन उनिहरुको चेतावनी रहेको छ ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री प्रकाशशरण महत स्वदेशी फर्किएपछि अर्थमन्त्रालय समेत घेराउ गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्