पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम भएपछि बजार ५३ अकंले बढ्यो, १३ उपसूचक नै हरियाली « Arthapath.com
९ असार २०८२, सोमबार

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम भएपछि बजार ५३ अकंले बढ्यो, १३ उपसूचक नै हरियाली



काठमाडौं । पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्ने लगानीकर्ताको माग सम्बोधन भएको छ । बजेट सार्वजनिक यता निरन्तर आन्दोलनमा रहेका लगानीकर्ताको माग आज सम्बोधन भएको हो ।

लगानीकर्ता र अर्थमन्त्रालयबीच व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने सहमति भए पश्चात बजारमा छलाङ आएको हो । उक्त करलाई लिएर लगानीकर्ता केहि दिन देखि आन्दोलित भएका थिए । आन्दोलित लगानीकर्ताले आज बिहानदेखि नै ब्रोकर कार्यालयमा ताला लगाउदा बिहान केहि समय सेयर कारोबार प्रभावित बनेको छ । पछि बसेको बैठकले माग सम्बोधन गरे पनि लगानीकर्ता उत्साहित बनेका छन् ।

लगानीकर्ताले उठाउदैं आएका मुद्धा सम्बोधन भए पश्चात अब बजारले सकरात्मक दिसा लिन केहि जानकारहरु बताउछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अकंलृे बढेर १९१९.३७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक नै हरियाली बनेका छन् । आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ३.४७ प्रतिशत, फाइनान्स समूहको ३.४४ प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत लगायत १३ उपसूचक नै हरियाली रहेका छन् ।

आज शिवम सिमेन्टको १५ करोड ८१ लाख ५४ हजार रुपैयाँ, सोल्टी होटलको ८ करोड १३ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्