शिवम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
९ असार २०८२, सोमबार

शिवम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा छलाङ आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अकंलृे बढेर १९१९.३७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर किनबेच भएको छ । बजार बढेसँगै १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड ८१ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ८ करोड १३ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंको ६ करोड २१ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्