थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको २.७५ प्रतिशत बराबरको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।