टिकेन बजारको उत्साहः नेप्से दोहोरो अकंले घट्यो, १३ उपसूचक नै राताम्य

काठमाडौं । पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम भएपछि उच्च अकंले बढेको बजार आज फेरी ओरालो लागेको छ । साताको दोस्रो दिन बजारमा दोहोरो अकंको गिरावट देखिएको हो ।
लगानीकर्ता र अर्थमन्त्रालयबीच व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने सहमति भए पश्चात बजारमा आइतबार छलाङ आएको हो । लगानीकर्ताको उत्साह एक दिन मात्र सिमित भएको छ ।
बिस्तारै बजार सुधार तिर लम्किने प्रतिक्रिया आइरहेको बेला आए फेरी बजार ओरालो आएको हो । हिजाको उच्च सुधारले आज बजार झर्ने पुगेको जानकारहरु बताउछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको १.१० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको १९ करोड ८९ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको ९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
