कुन कम्पनीका लगानीकर्ताले आज कति गुमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५।.६६ अंकले बढेको छ । सेयर बजारमा सुधार आउँदा १ अर्व ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको हो ।
मंगलबार सेञ्चुरी कमर्सिय बैंंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ३.०४ प्रतिशत अथवा प्रतिकित्ता २८ रुपैयाँ २० पैसाले घटेर ९ सय रुपैयाँ पुगेको छ ।
साथै, मनकामना स्र्माट लघुवित्तको २.६७ प्रतिशत, गोर्खाज फाइनान्स २.४५ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स २ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको १.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
