नेप्सेमा ३४ अर्ब ८१ करोड बोनस सूचीकृत, आइपीओ कति ?

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को दश महिनामा १ खर्ब ६६ अर्ब ४१ करोड बराबरको साधारण सेयर सूचीकृत भएको छ ।
साथै, ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड बराबरको हकप्रद शेयरगरी कुल २८५ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब १ करोड बराबरको साधारण शेयर र २ अर्ब १५ करोड बराबरको हकप्रद शेयर गरी कुल ३७ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।