प्रदेश सरकारहरुको कुल खर्च १ खर्ब ९ अर्ब १९ करोड

काठमाडौं । बैशाख मसान्तसम्मको अवधिमा प्रदेश सरकारहरुको कुल खर्च १ खर्ब ९ अर्ब १९ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो ।
त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन १ खर्ब ४२ अर्ब २८ करोड रहेको छ । समीक्षा अवधिमा यसमध्ये संघीय सरकारले हस्तान्तरण
गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब ११ अर्ब ४४ करोड छ र प्रदेश सरकारहरुले
परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३० अर्ब ८४ करोड रहेको छ ।