थप चार कम्पनीको ५७ लाख ५७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत, कुनको कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

थप चार कम्पनीको ५७ लाख ५७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता अर्थात जेठ २१ गतेदेखि जेठ २६ गतेसम्म चार कम्पनीको ५७ लाख ५७ हजार ७६७.९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस अवधिमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापतको ८ लाख ८० हजार १२.४६ कित्ता, कालिका पावरको १० लाख ३५ हजार कित्ता, हिमालयन एभरेष्ट इन्स्यारेन्सको २.७५ प्रतिशत बापतको ६ लाख १५ हजार ९८३ कित्ता र आरएमडिसि लघुवित्तको २६ प्रतिशत बापतको ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात मात्र खरिद बिक्री गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्