सेयर बजारमा उछाल, कारोबार रकमले गति लिदैं, लगानीकर्ताको मनोबल बढेको हो ? « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर बजारमा उछाल, कारोबार रकमले गति लिदैं, लगानीकर्ताको मनोबल बढेको हो ?



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली आएको छ । गत साताको अन्तिम कारोबारको दिन सामान्य सुधार आएको बजारमा यो साताको सुरुवात मै उच्च अकंले बढेको हो ।

बजेटमा प्रस्तुत पूँजी बजारको करको विवाद समाधान भएसँगै सेयर बजारले सुधारको यात्रा निरन्तर तय गरेको छ । एक दुई साता अघि ५०।६० करोड मात्र हुने कारोबार पछिल्लो समय दुई करोड माथिको कारोबार भइरहेको छ । नेप्सेमा सूचक पनि १८ सयको लाइनबाट सुधार भएर १९ सयको लाइनमा पुगेको छ । नेप्से सूचक र कारोबार सुधार तिर लम्कि रहदाँ लगानीकर्तामा उत्साह छाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्रका बाह्य क्षेत्र सुधार तिर गइरहेको देखाएको छ । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अकंले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक मै हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ४.६६ प्रतिशत, फाइनान्स समूहको ५.७२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२७ प्रतिशत, हाइड्रोपावर समूहको २.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आज नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँ, शिवम सिमेन्टको १० करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्