सेयर कारोबार रोक्का लागि आदर्श लघुवित्तले दियो नेप्सेमा निवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने आवेदन दिएको छ ।
कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय सस्थाले प्राप्ति गरी असार १ गतेदेखि डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेछन् । मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि सेयर कारोबार रोक्का गर्ने पाउने ब्यवस्था अनुसार कम्पनीले आवेदन दिएको हो ।
दुबैं लघुवि १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो ।
