एकल अकंले बढ्यो सेयर बजार, कारोबार रकम २ अर्ब ८८ करोड

काठमाडौं । साताको पहिलो दिन हरियाली आएको सेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ । सोमबार बजार झिनो सुधार देखिएको हो ।
एक दुई साता अघि ५०।६० करोड मात्र हुने कारोबार पछिल्लो समय दुई करोड माथिको कारोबार भइरहेको छ । नेप्सेमा सूचक पनि १८ सयको लाइनबाट सुधार भएर १९ सयको लाइनमा पुगेको छ । नेप्से सूचक र कारोबार सुधार तिर लम्कि रहदाँ लगानीकर्तामा उत्साह छाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्रका बाह्य क्षेत्र सुधार तिर गइरहेको देखाएको छ । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लगानीकर्ताका माग सम्बोधन हुने आशमा लगानीकर्ता रहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार ६ उपसूचकको सेयर मूल्यमा हरियाली आएको छ भने ७ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १०.७८ प्रतिशत, लाइफ इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, सोल्टी होटलको १५ करोड २८ लाख रुपैयाँ र हिमालयन डिष्टलरीको १० करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
