सोल्टी होटलको सेयरमा झुम्मिए लगानीकर्ता, यी ९ कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
८ असार २०८२, आईतबार

सोल्टी होटलको सेयरमा झुम्मिए लगानीकर्ता, यी ९ कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो दिन सेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले सुधार हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सोल्टी होटलको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १५ करोड २८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टीलरीको १० करोड ११ लाख रुपैयाँ, शिव श्री हाइड्रोपावरको ९ करोड ५८ लाख रुपैयाँ र सिटि होटलको ७ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्