एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, १४३ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा आज एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेको छ ।
आज ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।
आज प्रभु स्मार्ट फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९७ पैसाले घटेको हो ।
साथै, सगरमाथा जलविद्युतको ३.९० प्रतिशत, युनियन इदी मार्दी आरबि हाइड्रोपावरको ३.८० प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.७६ प्रतिशतले सेयर मूल्य घटेको छ ।



