सेयर बजारमा फर्कियो रौनक: कारोबार रकम पाँच महिना यता कै उच्च, परिसूचक २ हजार बिन्दुमा « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर बजारमा फर्कियो रौनक: कारोबार रकम पाँच महिना यता कै उच्च, परिसूचक २ हजार बिन्दुमा



काठमाडौं । सेयर बजारमा रौनकता फर्किएको छ । साताको तेस्रो कारोबार दिन बजारमा उछाल आएको हो ।सोमबार एकल अंकले मात्रै वृद्धि भएको बजार आज भने ३४.१७ अंकको बढोत्तरी आएको छ ।

केही साता अघिसम्म ५०/६० करोडसम्म समित रहेको दैनिक कारोबार रकमा पनि क्रमिक सुधार आएको छ । पछिल्लो दिन बजारले गतिलिन थालेको देखिएको छ। बजारमा आएको सुधार र कारोबार रकममा आएको बढोत्तरीले पनि बजारले अब गति लिन थालेको आकलन छ ।

मंगलबार ४ अर्ब बढीको सेयर खरिदबिक्री भएको छ । जुन, पछिल्लो पाँच महिना यता कै उच्च हो । गत माघदेखि यता कारोबार रकममा खास सुधार थिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार गत माघ ४ गते ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । त्यसयता उत्तारचढाव भईरहेको थियो । तर, मंगलबार भने कारोबार रकम ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बढी छ ।

नेप्से सूचकमा आज २ हजारको बिन्दु नाघेको छ । सोमबारसम्म १९ सय विन्दुमा वरिपरि रहेको परिसुचकले आज २ हजार २० अंकको बिन्दुमा पुगेको छ । परिसूचक १८ सय बिन्दुको लाइन थियो । नेप्से परिसूचक र कारोबार सुधार तिर लम्किरहदाँ लगानीकर्तामा उत्साह छाएको छ । पछिल्लो केही बजारमा आएको सुधारले लगानीकर्ता मनोबल समेत बढाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्रका बाह्य क्षेत्र सुधार तिर गइरहेको देखाएको छ । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको २.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, शिवम सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्