ब्रोकर लाइसेन्स रोक्न दिएको निर्देशन खारेज गर्ने अर्थ समितिलाई न्यु स्टक ब्रोकर एशोसिएसनको आग्रह

काठमाडौं । न्यु स्टक ब्रोकर एशोसिएसन नेपाल लिमिटेडले अर्थ समितिले नयाँ ब्रोकरलाई लाईसेन्स रोक्न दिएको निर्देशनको बिरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार एशोसिएसनले सर्वोच्चले नै बाटो खुलाएर नयाँ ब्रोकरलाई लाईसेन्स दिने प्रक्रिया अगाडि बढाइ सकेको हुदाँ समितिको उक्त निर्देशन बिरोधमा ज्ञापनपत्र बुझाएको हो । नयाँ ब्रोकरहरू मिलेर न्यु स्टक ब्रोकर एशोसिएसन स्थापना भएको थियो ।
एशोसिएसनले उक्त निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गरेको छ । धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी करीब आधा करोड लगानीकर्ताहरुको आशा र विश्वासको विपरीत काम भएको एशोसिएसनको भनाइ रहेको छ ।
यस्तो छ ज्ञापनपत्र:
