सेयर बजारको रप्तार: कारोबार पाँच अर्ब माथि उक्लियो, लगानीकर्ता उत्साहित « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर बजारको रप्तार: कारोबार पाँच अर्ब माथि उक्लियो, लगानीकर्ता उत्साहित



काठमाडौं । सेयर बजारमा सुधार आएको छ । मंगलबार ३४.१७ अंक बढेको बजार आज १६.४२ बढोत्तरी आएको छ ।

पछिल्लो दिन बजारले गतिलिन थालेको देखिएको छ । बजारमा आएको सुधार र कारोबार रकममा आएको बढोत्तरीले पनि बजारले अब गति लिन थालेको आकलन छ । कारोबार पाँच महिना यता कै उच्च भएको छ ।

लामो समय पछि नेप्से सूचकमा हिजो र आज २ हजारको बिन्दु नाघेको छ । नेप्से परिसूचक र कारोबार सुधार तिर लम्किरहदाँ लगानीकर्तामा उत्साह छाएको छ । पछिल्लो केही बजारमा आएको सुधारले लगानीकर्ता मनोबल समेत बढाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ७ उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको १.२९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको २८ करोड १७ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २४ करोड ३३ लाख रुपैयाँको कारोकार भएको छ ।


प्रतिक्रिया दिनुहोस्