एक कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा एकल अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले घटेर २०४२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।
सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता १६ रुपैयाँ २० पैसाले बढेर १७८ रुपैयाँ ७० पैसा पुगेको छ ।
साथै, अभियान लघुवित्तको ९.२० प्रतिशत, बिपिडब्लु लघुवित्तको ८.२० प्रतिशत र कालिका लघुवित्तको ८.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
