पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । सेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले घटेर २०४२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार एकल अकंले बढ्दा ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १७ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको १६ करोड ४ लाख रुपैयाँ, नेपाल लाइफको १४ करोड ९१ लाख रुपैयाँ र आइजीआई प्रुन्डिसियल इन्स्योरेन्सको ११ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
