नेप्सेमा नेशनल हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडेको सेयर मूल्य समायोजन भएको हो।
कम्पनीले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएपछि प्रतिसेयर मूल्य १८२ रुपैयाँ ०७ पैसा कामय गरिएको नेप्सेले जनाएको छ । आज समायोजन अघि कम्पनीको मूल्य २२३ रुपैयाँ १० पैसा रहेको थियो ।
अब समायोजन गरिएको मूल्यबाट आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।
