नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४५०.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।