थप तीन लघुवित्तको करिब साढे ५० लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार एकै दिनमा तीन कम्पनीको ५० लाख ४९ हजार १५८.६८१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
आज उपकार लघुवित्तको ६१.७५ प्रतिशत बराबरको ४ लाख ५ हजार २३२ कित्ता, साना किसान लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४६७५.६९१८ कित्ता र नयाँ सारथीको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।