सेयर बजारमा सामान्य करेक्सन, परिसूचक भने २१ सय बिन्दु नजिक, कारोबार कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर बजारमा सामान्य करेक्सन, परिसूचक भने २१ सय बिन्दु नजिक, कारोबार कति ?



काठमाडौं । केहि दिन यता निरन्तर सुधार आएको सेयर बजार आज भने सामान्य करेक्सन देखिएको छ । बजारमा निरन्तर हरियाली आउँदा आज सामान्य करेक्सन देखिएको हो ।

अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स रोक्न दिएको निर्देशन फिर्ता लिने संकेतसँग लगानीकर्तामा उत्साह छाएको छ । बजारलाई प्रतिस्पर्धा बनाउने हुदाँ लाइसेन्स खुला गर्नुपर्ने लगानीकर्ताको माग रहदैं आएको थियो ।

अब लगानीकर्ता राष्ट्र बैंकको मौद्रिक नीति कुरी रहेका छन् । लगानीकर्ताले उठाउदैं आएको माग सम्बोधन मौद्रिक नीति मार्फत हुन सके अझै बजारले .सकरात्मक गति लिन जानकारहरु बताउछन् । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ । आज पूँजी २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।

सोमबार ५ उपसूचकमा हरियाली देखिएको छ । आज विकास बैंक समूहको ३.४९ प्रतिशत, फाइनान्स समूहको ५.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको २९ करोड ८२ लाख रुपैयाँ, नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्