अन्तत: अर्थ समितिले दियो ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौं । अब नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार बिहान बसेको अर्थ समितिको बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अनुमति निर्देशन दिएको छ ।
योसंगै अब ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन बाटो खुला भएको हो । नेपाल धितोपत्र बोर्डका पदाधिकारीसंग अर्थ समितिले छलफल गरेको थियो । नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिले अनुमति दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए । उनले भने,– ‘आज अर्थ समितिसंग नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको बारेमा छलफल भएको छ । अर्थ समितिले लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन अनुमति दिएको छ ।’
समितिले नयाँ ब्रोकर लाईसेन्स दिदा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै बैंठक बोलाएको थियो ।
समितिले सिमित व्यक्तिको स्वार्थमा ब्रोकर लाईसेन्स प्रक्रिया रोकेको र बजार विस्तारको बाधक बनेको भन्दै विभिन्न संचारमाध्यम र सामाजिक संजालमार्फत ठूलो विरोध भएको थियो । तर, मंगलबार अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।