निफ्रामा झुम्मिए लगानीकर्ता, यी ११ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएको छ । नेप्से आज २६.५६ अकंले घटेर २०६४.८३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार राताम्य हुदाँ ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएकोछ ।
आज निफ्राको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँँ, हिमालयन डिष्टिलरीको १३ करोड ५३ लाख रुपैयाँ, नेपाल प्रुन्डेसियलको १२ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

