युनिक नेपालको सेयरमा नकरात्मक सर्किटले निरन्तरता, २०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार पनि नकरात्मक सर्किट लागेको युनिक नेपाल लघुवित्तको सेयरमा मंगलबार पनि निरन्तरता पाएको छ ।
कम्पनीको सेयर आज प्रतिकित्ता १३५ रुपैयाँ ८० पैसाले घटेर १ हजार २२२ रुपैयाँ ९० पैसा पुगेको छ । नेप्सेमा आज २५ अकंले ओरालो लाग्दा ४ अर्ब ११ करोडको कारोबार भएको थियो ।
साथै, सानिमा इक्वाटी फण्डको ८.८९ प्रतिशत, महुली लघुवित्तको ७.४८ प्रतिशत र मल्टीप्रपोज फाइनान्सको ६.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।


