लगातार तीन दिन सेयर बजारको ओरालो यात्रा, किन घट्दैछ पछिल्लो दिन बजार ?

काठमाडौं । लगातार तीन दिन सेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन सुधार आएको बजार त्यस यताका तीन वटै ओरालो लागेको हो ।
अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । सोमबार लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने नहुने अन्यौलले सेयर बजार आज ओरालो लागेको जानकारहरु बताउछन् । लगानीकर्ताले हरेक मौद्रिक नीतिमा उठाउदैं आएका माग सम्बोधन नहुने परम्पराले बजारमा केहि निराश पैदा भएको छ ।
अहिले बजारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आइपीओ अनुमति दिने बेला चलखेल गरेको भन्दै आवाज उठ्दै आएका छन् । सो कुराले पनि बजार दिगो रुपमा हरियाली नआउने अन्यौलले बजार ओरालो लागेको हो । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले केहि दिन बजारमा सुधार छाए पनि पछिल्लो दिन ओरालो लागि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ ।
बुधबार ९ उपसूचकमा राताम्य भएको छ भने ४ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८२ प्रतिशत, विकास बैंक समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत र हाइड्रोपावर समूहको १.६२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको २३ करोड ६ लाख र सोल्टी होटलको १९ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
