सोल्टी होटलको साढे २९ करोड कारोबार, छ कम्पनीको १० करोड माथि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अकंले घटेर २०५५.५३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कम्पनकिो ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।
आज सोल्टी होटलको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २९ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालयन डिष्टिलरीको १५ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको १४ करोड ७५ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको १३ करोड २३ लाख रुपैयाँको कारोबार भएकोछ ।
