शिवम सिमेन्टको झण्डै ५० करोडको कारोबार, १६ कम्पनीको कारोबार १० करोड माथि, कुनको कति ?

काठमाडौं । सेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२१ अकंले बढ्दा कारोबार पाँच महिना यता कै उच्च बिन्दुमा पुगेकोछ ।
कारोकार आज साढे ६ अर्ब रुपैयाँ हुन पुगेको छ । यस अघि माघ १६ गते ७ अर्बको कारोबार भएको थियो ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २४ करोड ३८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको २१ करोडको कारोबार भएको छ ।

