नेप्सेमा दोहोरो अकंको सुधार, परिसूचक चार महिना यता कै उच्च, कहिलेसम्म रहला कायम ? « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा दोहोरो अकंको सुधार, परिसूचक चार महिना यता कै उच्च, कहिलेसम्म रहला कायम ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन हरियाली आएको बजारमा आज सामान्य करेक्सन आएको छ । सेयर बजारमा सुधार आएसँगै परिसूचक समेत आकाशिएको छ । परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको छ । यस अघि परिसूचक माघ २६ गते २१८२ अकंले बढेको थियो । सो मिति पश्चात यो उपसूचक हालसम्म कै उच्च हो ।

अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने आशाले उत्साह छाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले केहि दिन बजारमा सुधार आएसँगै बजारमा लगानीकर्ता झुम्मिएका हुन् । तर एकथरी लगानीकर्ता भने चलखेलको संकेत भएको अनुमान गरी रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोठ २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

आज पाँच उपसूचक राताम्य भएका छन् । सोमबार हाइड्रोपावर समूहको ०.४४ प्रतिशत, जीवन बीमा समूहको ०.०८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९७ प्रतिशत, अन्य समूहको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

शिवम सिमेन्टको ४२ करोड ५ लाख र सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्