यी २० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोठ २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।
सोमबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको २२ करोड ३७ लाख रुपैयाँ, आइजीआई प्रुन्डेसियलको १५ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

