थप दुई लघुवित्तको ९ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
७ असार २०८२, शनिबार

थप दुई लघुवित्तको ९ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत



कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार माहुली लघुवित्त र समता घरेलु लघुवित्तको ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

माहुली लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय सस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

दुबैं कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत गरेको हो । अब हितग्राही खातामा बोनस जम्मा भए पश्चात मात्र सेयरधनीहरुले खरिद बिक्री गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्