तीन कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज हिमालन लाइफ, बिपिडब्लु लघुवित्त र सिटि होटलको सेयरमा सर्किट लागेको छ ।
