हिमालयन लाइफको ८३ करोड कारोबार, यी १० कम्पनीका झुम्मिए लगानीकर्ता « Arthapath.com
७ असार २०८२, शनिबार

हिमालयन लाइफको ८३ करोड कारोबार, यी १० कम्पनीका झुम्मिए लगानीकर्ता



काठमाडौं । बुधबार सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।

हिमालयन लाइफको सेयर सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको २८ करोड २२ लाख रुपैयाँ, सोल्टी होटलको २३ करोड ५६ लाख रुपैयाँ र एशियन लाइफको १९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्