नेप्सेमा एक लघुवित्तको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक लघुवित्तको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १४.२८५ प्रतिशत बोनस बापतको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्