नेप्सेमा सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य १ हजार २१.८२ रुपैयाँ कायम भएको छ ।नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

बुधवार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता १ हजार १२४ रुपैयाँ अन्तिम कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्