कस्तो रह्यो साताको सेयर बजार ? « Arthapath.com
७ असार २०८२, शनिबार

कस्तो रह्यो साताको सेयर बजार ?



काठमाडौं । यो साताका सेयर बजारमा उत्साह देखिएको छ । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागे पनि साताकै दोस्रो बढी कारोबार भएको हो ।

साताको पहिलो कारोबारको दिन कारोबार चार महिना यता कै उच्च बन्न पुगेको हो । आइतबार कारोबार छ अर्ब ४९ करोड चार लाख १२ हजार ६६५ रुपैयाँ भएको थियो । जुन यस अघि पुष २६ गते सात अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस यता कै आइतबारको कारोबार उच्च हो । अन्य तीन कारोबारको दिन समेत कारोबार पाँच अर्ब माथि आएको हो । दुई तीन साताको अघिको कारोबारका ६०।८० करोडमा सिमित कारोबार पछिल्ला दिनहरुमा सुधार आएको हो । यो साता भने चार महिना उता कै सर्वाधिक कारोबार बन्न पुग्यो ।

आज असार १४ बकर ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो । यस साता चार दिनको कारोबारमा २३ अर्ब दुई करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आइतबार ६२.२१ अंकले बढेको बजार २११७.७३ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक मंगलबार अर्थात असार १२ गते भने पाँच महिना यता कै उच्च बन्न पुगेको थियो । सो दिन नेप्से परिसूचक आज २१८६.३६ बिन्दुमा बन्द भएको हो । यस अघि पुष २६ गते नेप्से परिसूचक २१९०.४२ बिन्दुमा बन्द भएको थियो ।

यही साता बजारले २२ सयको विन्दूसमेत पार गरेको थियो । बुधबार कारोबार सुरु भएलगत्तै २२०० को विन्दू पार गरेर बजार २१०० मा फर्किएको थियो । अन्तिमसम्म बजार २१५० मा बन्द भएको हो । सो दिन बजार भने ३५.३७ अकंले घट्न पुगेको हो भने तीन वटा कारोबारको दिन भने उच्च सुधार देखिएको हो ।

पछिल्ला समय बजार सुधारको कारण के ?
उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बजारमा उत्साह आएको छ । पछिल्लो समय बैकिङ प्रणालीमा देखिएको उच्च तरलता नै नेप्से परिसूचकलाई बढाउन सहयोग गरेको देखिएको छ । बैंकहरुले अहिले विभिन्न निक्षेप योजनामा ५ देखि १० प्रतिशतसम्म ब्याज दिइरहेका छन् तर अहिले अन्तर बैंक ब्याज दर नै २.६५ मा झरिसकेको छ । सोहि कारणले पनि बजारलाई बढाउन सहयोग गरेको जनाकारहरु बताउछन् ।

बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता र घट्दो ब्याजदर नै आगामी दिनमा बजार माथि लैजानु नै प्रमुख कारण रहेको देखिन्छ । तरलता सहज भएसँगै सीडी रेसियो र अन्तर बैंक ब्याजदर निकै तल आइसकेको छ । यसले बजारमा थप उर्जा थपेको छ । पछिल्लो समय अर्थतन्त्रका समस्टिगत सूचकांक प्रगतिउन्मुख रहेको छन् । यसले लगानी प्रोत्साहन गर्ने हुँदा बजारमा माग उच्च देखिएको छ ।

यो साता लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण पनि बढेको देखिएको छ । साताको तेस्रो कारोबारको दिन माइक्रोफाइनान्स समूह मात्र ८.९९ प्रतिशतले वृद्धि हुन पुगेकोछ । पछिल्लो दिनहरुमा होटल समूहको सेयर बढ्दैं, बीमा समूह, वित्त र लघुवित्त समूहको सेयर मूल्यमा सुधार आएको देखिन्छ । अब बैंकिङ समूह र हाइड्रोपावर समूहको सेयर मूल्यमा सुधार आउने लगानीकर्ताहरुको तर्क रहेको छ । वर्षायाम सुरु भएकाले पनि हाइड्रोपावरको समूह सुधार आउने आंकलन गर्ने थालिएको छ ।

बुधबार किन घट्यो त बजार ?
साताको तीन वटै कारोबारमा उच्च सुधार आएकोमा बजार बुधबार भने ओरालो लागेको थियो । बजार साताको चौथो कारोबारको दिन ३५.३७ अकंले घट्दा कारोबार भने पाँच अर्ब भन्दा माथि नै बन्न पुगेको हो । बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको जानकारहरु बताउछन् । मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको बजारमा नाफा बुक गर्नेहरु वृद्धि हुदाँ यसले बजार अझै सुधार तिर लम्बाउने संकेत गरेको हो ।

साथै, बजेट मार्फत सेयर बजारको आम्दानीलाई पनि आयकरको दायरामा ल्याउने सरकारको निर्णय लगानीकर्ताको चर्को विरोधपछि सरकार पछि घटेको थियो । मर्जर र एफपीओको विवादलाई अन्तिम रुप नदिई पारित गर्न खोज्दा मनोबल खस्किएको जानकारहरुको तर्क रहेको छ ।

आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । यो समय लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने लगानीकर्ताले सेयर खरिद गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्