हिमालयन लाइफको साढे ४२ करोडको कारोबार, नौ कम्पनीको १० करोड माथि « Arthapath.com
७ असार २०८२, शनिबार

हिमालयन लाइफको साढे ४२ करोडको कारोबार, नौ कम्पनीको १० करोड माथि



काठमाडौं । साताको पहिलो दिन मै सेयर बजार राताम्य भएको छ । नाफा बुक गर्नेहरु हाबी हुदाँ बजार प्रभावित बनेको हो ।

बजार आज ५३.७० अकंले घट्न पुगेकोछ । बजार ओरालो लाग्दा २२ सय नजिक पुगेको परिसूचक फेरी २०९७.२९ अकंमा आएको छ । कारोबार भने पाँच अर्ब आठ करोड माथि भएको छ ।

आज हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँ, सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँ, सूर्यज्योति लाइफको १६ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्