पछिल्ला तीन दिनमा ११० अकंले घट्यो बजार, कारोबार चार अर्ब, किन लाग्दैछ बजार ओरालो ?

काठमाडौं । लगातार तीन दिन सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएको बजारमा यो साताको दुई कारोबारमा सोहि निरन्तरता पाएको हो ।
बजारमा नाफा बुक गर्नेहरु वृद्धि हुदाँ बजार प्रभावित बनेको जानकारहरु बताउछन् । असार मसान्तको प्रभाव र मूल्य बढेकाले बिक्री गर्नेहरु वृद्धि हुदाँ बजार ओरालो लागेको तर्क जानकारहरुको छ । बजार निरन्तर ओरालो लाग्दा लागनीकर्तामा केहि त्रास पैदा भएको छ भने केहि लगानीकर्ता मूल्य वृद्धि भएको बेला बिक्री गरी सेयर किन्ने मौका खोजी रहेको आंकलन गर्ने थालिएको छ ।
कारोबार रकम समेत केहि दिन यता ओरालो लागि रहेको छ । केहि महिना यता निरन्तर ओरालो लागेको बजार एकालिदा लगानीकर्ता लगानीकर्ता धमाधम बिक्रीमा लागेका हुन् । पछिल्ला तीन कारोबारमा नेप्से ११०.३९ अकंले घटेको छ ।
साताको दोस्रो कारोबारको दिन नेप्से २१.३२ अकंले घटेको छ । परिसूचक भने २०७५.९७ बिन्दुमा बन्द भएको हो ।
कारोबार रमक समेत करेक्सन भएको छ । आज ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ । आज चार अर्ब पाँच करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन समूह, ब्यापार समूहको सेयर मूल्यमा मात्र सुधार आएको छ । आज कम्पनीको सेयर २.०७ अकंले बढेको छ । अन्य ११ समूहको सेयर मूल्य भने ओरालो लागेको छ ।
बैंकिङ समूहको १.०२ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको ०.५३ प्रतिशतले घटेको छ ।

आज हिमालयन लाइफको २३ करोड ९४ लाख र सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार सिवाईसी लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
