यी हुन् आज सर्वाधिक कारोबार हुने २० कम्पनी

कठमाडौं । बजार आज पनि ओरालो लागेको छ । तीन दिन बजार निरन्तर राताम्य भइरहेको छ ।
बजार आज २१ अकंले ओरालो लाग्दा कारोबार रकम चार अर्बमा पुगेको छ ।
आज हिमालयन लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २० करोड र शिवम सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

