रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१९ असार २०८०, मंगलवार

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने भएको हुदाँ असार १९ गतेसम्म कायम सेयरधनीहरुहरुले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांश ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको ०.३४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १३औं वार्षिक साधारण सभा असार ३१ ग्ते बोलाएको छ । असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा स्मार्ट दरवार व्यांक्वेट, धुम्कबाराही,काठमाडौंमा बस्ने आव्हान गरेको हो ।

साथै, सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्