तीन दिन राताम्य भएको बजार आज दोहोरो अकंले बढ्यो, कारोबार रकम भने साढे दुई अर्बमा सिमित « Arthapath.com
७ असार २०८२, शनिबार

तीन दिन राताम्य भएको बजार आज दोहोरो अकंले बढ्यो, कारोबार रकम भने साढे दुई अर्बमा सिमित



काठमाडौं । लगातार तीन दिन सेयर बजार राताम्य भएको बजार आज सुधार आएको छ । नेप्से सुधार तिर गए पनि कारोबार रकम भने ओरालो लागेको हो ।

उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बजारमा उत्साह आएको छ । पछिल्लो समय बैकिङ प्रणालीमा देखिएको उच्च तरलता नै नेप्से परिसूचकलाई बढाउन सहयोग गरेको देखिएको छ ।

नाफा बुक गर्नेहरु हाबी हुदाँ कारोबार रकममा करेक्सन भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक मै हरियाली आएको छ । आज बैंकिङ समूहको ०.०९ प्रतिशत, विकास बैंक समूहको ०.८३ प्रतिशत, फाइनान्स समूहको १.९२ प्रतिशत र होटल तथा पर्यटन समूहको २.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्