नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार रिलायन्स फाइनान्स लिमिटेडको बोनस सेयर समायोजन भएको हो ।
कम्पनीको ६.५० प्रतिशथ बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आज अन्तिम कारोबार मूल्य ३७७ रुपैयाँ ६० पैसालाई आधारमा मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात कम्पनीको मूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।