झिनो अकंले घट्यो बजार, कारोबार तीन अर्ब माथि, असार मसान्तको प्रभाव हो त ?

काठमाडौं । साताको चौथो कारोबार दिन पनि बजार ओरालो लागेको छ । हिजो भारी गिरावट आएको बजारमा आज पनि सामान्य ओरालो यात्रालाई निरन्तरता दिएको हो ।
लगानीकर्ता सेयर बजारमा सामान्य सुधार भइरहेका बेला नाफा बुक गर्ने खोजि रहेदा बजारमा करेक्सन आइरहेको छ । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएपनि असार मसान्तको प्रभावले बजार ओरालो लगानीकर्ता तिलक कोइरालाले बताए ।
अहिले आर्थिक वर्षको अन्तिम तिर लगानीतकर्ता धमाधम सेयर बिक्री गरी रहेकाछन् । बैंकको ब्याज दिनका लागि भएपनि लगानीकर्ता सेयर बिक्री गर्ने लागि परेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी तिव्र गरी रहेको छ । लगानीकर्ताको माग सम्बोधन हुने नहुने कुरा पनि अन्यौल नबाएको छ ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको हुदाँ असरको असर पनि बजारमा परेको छ । ब्याज छुट दिदा समेत खराब कर्जा उठ्न नसके पछि त्यसको प्रभाव बजारमा समेत परी रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा परिसूचक २०४९.३८ बिन्दुमा बन्द भएको छ ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ७ करोड ७४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार छ कम्पनीको सेयर मूल्य भने बढेको छ । आज विकास बैंक समूहको ०.२२प्रतिशत, होटल तथा पर्र्यटन समूहको १.४२ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशतले बढेको छ ।

आज शिवम सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँ र प्रभु बैंकको संस्थापक सेयरको १६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
